खेलमा फर्के नेइमार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

खेलमा फर्के नेइमार



विश्वकप फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको पहिलो खेलको क्रममा विपक्षी खेलाडीले गरेको फउलका कारण ब्राजिलका स्टार खेलाडी नेइमारमा नयाँ चोटको समस्या देखियो ।

उनको दायाँ गोडाको गोलीगाँठोमा समस्या देखिएको थियो । त्यसपछि उनी प्रशिक्षण छोडेर फिजियोथेरापिस्टलाई भेट्न गएका थिए । तर उनी शुक्रबार हुने कोस्टारिकासँगको खेलका लागि फिट भएको बताइएको छ ।

नेइमार दायाँ गोडामै देखिएको समस्याका कारण तीन महिना मैदान बाहिर रहेर विश्वकपको केही अघि मात्रै मैदान फर्किएका हुन् । नेइमारले पहिलो खेलमा राम्रो गरेका थिए ।

नेइमार फिट भए पनि डानिलो भने चोटग्रस्त भएका छन् । प्रशिक्षणको क्रममा डानिलोको थाइमा समस्या देखिएपछि समूह ई अन्तर्गत शुक्रबार हुने कोस्टारिकासँगको खेलमा उनी मैदानमा हुने छैनन् ।

उनको ठाउँमा फाग्नरले खेल्ने छन् । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलका लागि जित आवश्यक छ ।