विश्वकपबाट बाहिरिँदै नेइमार यसरी रोए- (१५ तस्विर) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकपबाट बाहिरिँदै नेइमार यसरी रोए- (१५ तस्विर)



पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।रुसको काजान एरिनामा गएराति भएको क्वाटरफाइनलमा बेल्जियम २-१ ले विजयी भयो । खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता लियो ।

रुसमा जारी विश्वकपबाट यसअघि नै विश्व चर्चित फुटलबलरहरु मेस्सी, रोनाल्डो, स्वारेज, डियागो कोष्टा, ओजिल लगयातका खेलाडीहरु घर फर्किसकेका छन् । हिजो भएको खेलमा ब्राजिल बेल्जियमसँग २–१ को हारसँगै उ पनि घर फर्किएको छ । ब्राजिल विश्वकपबाट बाहिरिँदा अर्का चर्चित खेलाडी नेयमारको पनि यो वर्षको विश्वकप समाप्त भएको छ । उनी मैदानमा डाको छोडेर रोएका थिए । जसरी यसअघि मेस्सी र रोनाल्डो रोएका थिए ।

बेल्जियमका नासिर चाड्लीको कर्नर प्रहारमा फर्नान्डीनेले आत्माघाति गोल गरेपछि ब्राजिल १-० ले पछि परेको हो । काउण्टर अट्याकमा उत्कृष्ट खेल प्रदर्शन गरेको बेल्जियमले ३१ औं मिनेटमा दोस्रो गोल गर्‍यो ।

रोमेलु लुकाकुको पासमा केभिन डे ब्रायनले डि एरिया बाहिरबाट आकर्षक गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारेका हुन् । दोस्रो हाफमा ब्राजिलले केही राम्रा अवसरहरु बनायो ।

७६ औं मिनेटमा रेनाटो अगष्टोले एक गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरे । फिलिप कौटिन्होको उत्कृष्ट पासमा सब्स्टीच्युट खेलाडी अगष्टोले गोल गर्दै ब्राजिलको आशा जगाएका हुन् ।

खेलको अन्त्यतिर ब्राजिलले लगातार दबाब बनाए पनि गोल थप्न नसक्दा क्वाटरफाईनलबाटै घर फर्किनुपर्‍यो । गएरातिका खेलसँगै विश्वकप फुटबलको यो संस्करणमा सेमिफाइनलमा पुग्ने सबै चारवटा टोली युरोपियन हुने भएका छन् ।

युरोपियन राष्ट्रहरु फ्रान्स र बेल्जियम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् भने आज हुने क्वाटरफाइनलमा भिड्ने सबै चार टोली युरोपियन रहेका छन् ।

एजेन्सी