पीएसजीले नेयमारलाई बेच्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पीएसजीले नेयमारलाई बेच्ने



पेरिस।फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्नो ब्राजिलियन चर्चित स्ट्राइकर नेयमार बेच्न सहमत भएको छ । पीएसजीले रुस विश्वकपको उपाधि विजेता टिम फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेलाई टिममै राख्नका लागि विश्वका महँगा खेलाडी ब्राजिलियन नेयमारलाई बेच्ने तयारी गरेको हो ।

स्पेनिस प्रतिवेदनअनुसार किलियन एमबाप्पेलाई क्लबमा स्थायी रूपमा राख्नका लागि पीएसजीले नेयमारलाई स्पेनिस क्लब रियल मड्रिडमा बेच्न तयार रहेको उल्लेख गरेको छ । आफ्नो सदावहार स्ट्राइकर रोनाल्डोलाई इटालियन क्लब युभेन्टस्मा बेचेपछि स्पेनिस क्लब मड्रिड रोनाल्डोको स्थान लिने खेलाडीको खोजीमा रहेको छ । उसले पहिलो लक्ष्यका रूपमा नेयमारलाई अनुबन्ध गर्न चाहेको छ ।

२६ वर्षीय नेयमारसँग यसै समरमा सम्झौता हुन सक्ने स्पेनिस प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।