नेयमार फेरि घाइते - यस्तो छ अवस्था - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

नेयमार फेरि घाइते – यस्तो छ अवस्था



एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार फेरि घाइते भएका छन् । कोपा अमेरिका कपको तयारीका क्रममा नेयमार प्रशिक्षण दौरान घाइते हुन पुगेका हुन् ।

उनको बाँया खुट्टाको घुडामा समस्या आएको बुझिएपनि उनो चोट सामान्य रहेको बुझिएको छ । उनले चोट लागेपछि मैदान छाडेका थिए । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारबाट कप्तानी पद खोस्दै कप्तानको जिम्मेवारी भेट्रान डिफेन्डर डेनी आल्भेसलाई सुम्पिएका थिए ।

पीएसजीका २७ वर्षीय नेयमार चोटकै कारण तीन महिना मैदान बाहिर रहेका थिए । उनी अप्रिलमा चोटबाट मुक्त खेलमा फर्किएका थिए । कोपा अमेरिका कप आउन अब केहि साता मात्र बाँकी छ । ब्राजिलले कोपा अमेरिका कपअघि कतार र होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

ब्राजिल सन् २००७ यता कोपा अमेरिकामा च्याम्पियन बन्न सकेको छैन ।