नेयमारले कोपा अमेरिका गुमाउने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

नेयमारले कोपा अमेरिका गुमाउने



एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका कप गुमाउने सम्भावना बढेको छ ।

बिहीबार बिहान कतारविरुद्धको मैत्रीपुर्ण खेल दौरान चोट बोक्दै मैदानबाट बाहिरिएसँगै उनले कोपा अमेरिका गुमाउन सक्ने सम्भवाना बढेको हो । नेयमारले चोट बोकेको मैत्रीपुर्ण खेलमा ब्राजिल २–० ले विजयी भएको छ ।चोटका कारण उनी निकै असहज र गहभरि आशु पार्दै मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा चोट लागेको छ । खेल्न असहज भएपछि उनी खेलको २१औं मिनेटमा मैदानबाट बाहिरिएको थियो । उनलाई एभर्टनले विस्थापित गरेका थिए ।

नेयमार यसअघि पनि कोपा अमेरिका कपको तयारीका क्रममा प्रशिक्षण दौरान घाइते हुन पुगेका थिए । चोटबाट फर्किएलगत्तै मैत्रीपुर्ण खेल खेलेको नेयमार पुनः घाइते हुन पुगेका हुन् ।ब्राजिलले कोपा अमेरिका कपअघि होन्डुरससँग मैत्रीपुर्ण खेल खेल्दैछ । कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

ब्राजिल सन् २००७ यता कोपा अमेरिकामा च्याम्पियन बन्न सकेको छैन ।