छापामा आज : हेर्नुहोस आजका मुख्य समाचार - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

छापामा आज : हेर्नुहोस आजका मुख्य समाचार



अन्नपुर्ण पोष्ट : किन रोकियो राज्यको ७ अर्व 

काठमाडौं – प्रदेश सरकार गठन नहुँदा प्रदृशका लागि विनियोजन गरिएको सात अर्ब १४ करोड ३५ लाख रुपैयाँ अर्थ मन्त्रालयमै रोकिएको छ ।

सरकारले चालू आर्थिक वर्ष २०७४ ७५ को बजेटमा वित्तीय हस्तान्तरण शीर्षकअँतर्गत प्रदेशका लागि रकम विनियोजन गरेको थियो। नयाँ प्रदेशको संरचना बन्दै गर्दा यसका पूर्वाधार तथा चालू खर्चको व्यवस्था मिलाउन यो रकम निकासा गर्न लागिएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

‘प्रदेश सरकार बन्नासाथ रकम निकासा हुन्छ’, उनले भने, ‘यो रकमा सरकारको अनुदान रकम भएकाले सिधै प्रदेश सरकारको सञ्चित कोषमा जम्मा हुन्छ। तर प्रदेशसभाले स्वीकृत नगरेसम्म खर्च गर्न पाइँदैन।’ चालू आर्थिक वर्षको ६ महिना बिते पनि बाँकी रहेको समयमा प्रदेश सरकारले बजेट ल्याउन सक्ने उनले बतानए।

सरकार बनेपछि प्रदेशको अस्थायी संरचना स्वीकृत हुन्छ। त्यसपछि प्रदेश लेखा नियन्त्रण कार्यालयको स्थापना भई सोहीअन्तर्गत प्रदेशको सञ्चित कोष स्थापना हुन्छ।

कोषमा केन्द्रबाट बजेट जाने गर्छ बजेटमा प्रत्येक प्रदेशका लागि एक अर्ब दुई करोड नै भनी नतोकिएकाले प्रदेशको आकारअनुसार यो रकम पठाउन सकिने पोखरेलले बताए।

कान्तिपुर दैनिक : प्रदेश २ का सबै निर्विरोध हुने सांसद यी हुन् 

प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् ।

अन्य समूहबाट उम्मेदवारी दिएका समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश नम्बर २ को राष्ट्रिय सभाका लागि अन्य समूहबाट नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशिकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव तथा संघीय समाजवादी फोरमकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् भने अल्पसंख्यकरअपाङ्ग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल तथा दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन् ।

यसरी मिल्यो वामको भागबन्डा

काठमाडौं – वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको खबर छ ।

सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश ४ र ५ मा माओवादीले सभामुख लिनेछ भने एमालेको भागमा उपसभामुख परेको छ ।

कार्यदलको आइतबार दिउँसो बसेको बैठकले एमाले र माओवादीले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबन्डा टुंग्याउन नसकेपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमक्ष निर्णयका लागि पेस गरेको थियो ।

दुई नेताबीच आइतबार पाँच घण्टा लामो गोप्य वार्ता भएपछि पद भागबन्डामा सहमति भएको हो । दुई नेता गोप्य वार्तामा बस्नुअघि कार्यदल संयोजक सुवास नेम्बाङ र रामबहादुर थापा बादलसँग ब्रिफिङ सुनेका

थिए । अध्यक्षद्वयबीच भएको सहमतिअनुसार नै कार्यदलले मुख्यमन्त्रीलगायत पदमा भागबन्डा गरेको नेम्बाङले जानकारी दिए ।

उनले भने, ‘कार्यदलले दुवै अध्यक्षलाई ब्रिफिङ गरेपछि मात्रै हामीले प्रदेशका मुख्यमन्त्री र सभामुख उपसभामुखलगायत पदमा कहाँ-कहाँ कसले नेतृत्व गर्ने निर्णय गरेका हौं ।’

कार्यदलले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् सदस्य संख्याको भागबन्डा पनि आइतबार नै टुंग्याएको छ । प्रदेशका मन्त्रिपरिषद्मा एमाले ७० र माओवादी केन्द्र ३० प्रतिशत रहने गरी बाँडफाँट गरिएको छ ।

मन्त्रीहरूका कार्यविभाजन र प्रदेश संसदीय समितिका नेतृत्वको बाँडफाँट सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेशसभा दलका नेताको सहमतिमा गरिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को संख्या भने प्रदेशसभाको संख्याको अनुपातअनुसार ७ देखि ११ सम्म रहने सहमति भएको छ ।

कान्तिपुर दैनिक : कसरी भयो कुवेत गएकी महिलाको साउदीमा मृत्यु ?

सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया  चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।

खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासस्थित सरकारी अस्पतालमा राखिएको छ ।

त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।

नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग  मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर) को नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको बताए ।

अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ । अस्पतालको आईसीयूमा उपचार थालेको आधा घण्टामा खत्रीको मृत्यु भएको शर्माले बताए ।

चिन्ताकुमारीलाई कुवेतबाट साउदी ल्याउने स्पोन्सर (साहु) भने कुवेत फर्किसकेका छन् ।

अन्नपुर्ण पोष्ट :भूकम्पका जस्तापाता बेच्ने तयारी

पुनपिनर्माणका लागि भरतबाट आयात गरिएको करोडौं मूल्यको जस्तापाता टेन्डरमार्फत बिक्री गर्न लागिएको छ ।

भूकम्पपछिको पुननिर्माण गर्न सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३३ करोड मूल्यबराबरको जस्तापाता खरिद गर्न लगाएको थियो ।

कर्पोरेसनले ग्लोबल टेन्डरमार्फत भारतको जिंदल स्टिल उद्योगबाट ३५ मिलिमिटरदेखि ५० मिलिमिटरको एक सय ५० जिंक कोटेडदेखि दुई सय ५० कोटेड भएको ५० हजार बन्डल जस्तापाता खरिद गरी आयात गरेको थियो ।

कर्पोरेसनले चर्को ब्याजदरमा विभिन्न बैंकबाट रकम लिएर जस्तापाता खरिद गरेको थियो ।

जस्तापाता आयात भएको करिब अढाई बर्षसम्म पनि सरकारले खरिद नगरेपछि कर्पोरेसनले टेन्डरमार्फत बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।

नागरिक दैनिक :केरुङ काठमाडौं रेलमार्गः नेपालले दिएन चासो ?

केरुङ काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भईरहेको बेला नेपाल सरकारले भने चासो दिएको छैन ।

उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दैै चिनिया टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम अगाडि नबढाईएको हो ।

कात्तिक २४ गतेन काठमाडौंमा सम्पन्न नेपाल चीन संयुक्त स्थलगत अध्ययनपछि चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच दोस्रो चरणको बैठक २०१७ डिसेम्बरमा बेईजिङमा बस्ने समझदारी भएको थियो ।
तर नेपाली पक्षबाट चासो नदिइँदा अहिलेसम्म बैठक बस्न सकेको छैन ।