भारत र न्युजिल्याण्ड : वर्षाले खेल रद्द भए भारत सिधै फाईनलमा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारत र न्युजिल्याण्ड : वर्षाले खेल रद्द भए भारत सिधै फाईनलमा



एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल रोकिएको छ ।

म्यानचेस्टरमा जारी भारत र न्युजिल्याण्डबीचको खेल वर्षाको कारण रोकिएको हो । वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको छ ।

न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन्  । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए  ।

भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट हात पारे ।

विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।

यस अघि भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको थियो ।

सेमिफाइनल खेल वर्षाले रोकिएमा भोलि ‘रिजर्भ डे’को रुपमा खेललाई निरन्तरता दिइने नियम छ। रिजर्भ डे मा पनि खेल हुन नसकेमा लिग चरणमा धेरै अंक जोडेको टिम सेमिफाइनलमा विजेता घोषित हुनेछ। यस्तो भए भारतलाई फाइदा पुग्नेछ। भारतले लिगमा ९ खेलबाट १५ अंक जोडेको थियो भने न्यूजिल्याण्डले समान खेलबाट ११ अंक जोडेको थियो।