न्युयोर्क: करिब ४ हजार जनाको अस्पताल नै पुर्‍याउन नपाई मृत्यु - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

न्युयोर्क: करिब ४ हजार जनाको अस्पताल नै पुर्‍याउन नपाई मृत्यु



काठमाडौं – कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्‍याउन नपाई घरमै मृत्यु भएको खुलेको छ ।

मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भएको न्यूयोर्क सिटिले जनाएको छ ।

यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६ जना, क्वीन्समा ५२७ जना, म्यानहटनमा ३३५ जना र ब्रोंक्समा ३५० जना रहेका छन् । स्टेटन आईल्याण्डमा ५० जना र अन्य ९ जना समेत रहेका छन् ।

न्युयोर्क सिटीको स्वास्थ्यविभागले कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएर मृत्यु हुनेहरुको संख्या ६ हजार ५ सय ८९ रहेको जनाएको छ ।

यो तथ्यांक सोमबार बेलुका ४ बजेसम्मको हो । मार्च ११ यता न्युयोर्क सिटीमा अरु ८ हजार १ सय ८४ को मृत्यु भएको छ । जसको कारण भने कोरोना संक्रमण नभएको जनाइएको छ ।