न्यूयोर्कमा हेलिकोप्टर दुर्घटना : पाइलटको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

न्यूयोर्कमा हेलिकोप्टर दुर्घटना : पाइलटको मृत्यु



काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर अवतरण गराउने क्रममा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

दुर्घटनामा पाइलट टिम म्याकोर्माकको मृत्यु भएको हो । ‘अगष्टा ए १०९ ई’ हेलिकोप्टर दुर्घटनापछि भवनको माथिल्लो भागमा आगलागीसमेत भएको थियो ।

भवनको छतमै हेलिकोप्टर दुर्घटना भएर आगलागी भएपछि भागाभाग भएको थियो । अग्नी नियन्त्रकहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

घटनामा कोही पनि घाइते नभएको न्यूयोर्कका गभर्नरले जनाएका छन् । टाइम्स स्क्वायर नजिकै रहेको भवनमा उक्त घटना भएको हो ।

प्रारम्भिक अनुसन्धानमा घटना कुनै खराब नियतका कारण भएको जस्तो नदेखिएको अधिकारीहरुले बताएका छन् ।(एजेन्सी)