मौलिक कार्यक्रम गर्दै न्यु भिजन
बुटवल:सामाजिक कार्य गर्ने उद्देश्य सहित स्थापना भएको न्यु भिजन फाउन्डेसन नेपालले महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा मौलिकता सहितको खुल्ला तीज गीत कार्यक्रम आयोजना गर्ने भएको छ ।
तीजको नाममा भित्रिएका बिसङती र विकृति तथा तडकभडकको तीजले समाजलाई नै चुनौती दिइरहेका बेला मौलिक सचेतना सहितको चेतना मूलक रूपमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
महिलाहरूको परम्परागत पोसाक सहित सस्कृती झल्कने गरी तीजको आयोजना गर्न लागेको र यो क्षेत्रकै नमुना कार्यक्रम हुने फाउन्डेसनकी महिला समिति संयोजक बसन्ता गैरेले जानकारी दिनुभएको छ ।
प्रतिस्पर्धा नभएर केवल संस्कृतिको जगेर्ना तथा संरक्षण गर्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएकोले सहभागी हुन चाहने सङ्घ संस्था तथा ख्याति प्राप्त कलाकारहरूको कार्यक्रममा प्रस्तुति रहने छ ।
यही भाद्र १६ गते शनिवार बेलवास चोकमा आयोजना गरिने कार्यक्रममा विभिन्न उपसमिति गठन गरी तयारी भइरहेको अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिनु भएको छ ।