प्रचण्डलाई ओलीको नयाँ अफर: चुनाव मिलेर लडौं, भव्य तरिकाले जितौं - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

प्रचण्डलाई ओलीको नयाँ अफर: चुनाव मिलेर लडौं, भव्य तरिकाले जितौं



काठमाडौं- संसद भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको मध्यावधि चुनावमा पनि मिलेर लड्न र र भव्य जीत हात पार्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अफर गरेका छन् ।

संसद विघटनको सिफारिस शीतल निवासमा छोडेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले प्रचण्डलाई यस्तो अफर गरेको प्रचण्डले खुलासा गरेका छन् ।

आइतबार बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटि बैठकमा प्रचण्डले ओलीको उक्त अफरबारे ब्रिफिङ गर्दै सुनाएका थिए ।

बैठकमा सहभागी एक स्थायी कमिटि सदस्यका अनुसार जे हुनु थियो त्यो भयो अब मिलेर अगाडी बढौँ भन्दै प्रस्ताव गरेका थिए । ‘जे हुनुभइहाल्यो, अब मिलेर चुनाव लडौं, फेरि जितेर देखाऔं । भन्ने अफर ओलीजीबाट आयो’ प्रचण्डको भनाई उद्धृत गर्दै ति नेताले भने,

संसद विघटनको सिफारिस मन्त्रिपरिषद्बाट पारित गरेर शीतल निवास गएका ओलीले पुनः बालुवाटार फर्किएपछि मात्र प्रचण्डसँग भेटेका थिए । यसअघि उनले प्रचण्डलाई समय दिएका थिएनन् ।

प्रचण्डले भने ओलीलाई निरंकुश र घातक कदम चालेर गल्ती गरेको र देश प्रतिगमनतिर जान खोजेको आशंका व्यक्त गरेका थिए ।

आजकै स्थायी कमिटि बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरेर केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ ।