नयाँ म्यान पावर कम्पनी खोल्न नपाईने - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

नयाँ म्यान पावर कम्पनी खोल्न नपाईने



सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ ।

सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त कार्य बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचर्याले कामदारका समस्यालाई प्राथमिकता दिएर काम थालेकाले म्यानपावर दर्ता अहिलेको प्राथमिकतामा नरहेको बताएका छन् ।

उनले भन्ने म्यापवर नभएको कोही विदेश जान नपाएको भए त रोकियो भन्ने हुन्थ्यो म्यान पावर संस्थाको कमी छैन, त्यसैले अहिले वैदेशिक रोजगार क्षेत्रको पनि अन्य कुराको सुधार गर्ने कामलाई प्राथमिकतामा राखेका छौँ ।, यो खबर आजको गोरखापत्रमा छ ।