ल हेर्नुहोस एप्पलको नयाँ आइफोन ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

ल हेर्नुहोस एप्पलको नयाँ आइफोन !



एप्पलको नयाँ आइफोन कस्तो हुनेछ भन्ने कौतुहलता छ भने त्यसको लगभग उत्तर आएको छ । फोन सम्बन्धी जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले नयाँ आइफोनको डमी मोडल सर्वाजनिक गरेका छन् ।

गेस्किनका अनुसार एप्पलको नयाँ आइफोन ६.१ वा ६.५ इन्चको स्क्रिन भएको हुनेछ । एप्पलले यो वर्ष दुई मोडलका आइफोन सार्वजनिक गर्ने र उसले कम मूल्य तिर्ने र बढी मूल्य तिर्न सक्ने प्रयोगकर्तालाई समेट्ने तयारी गरेको खबर आउने गरेका छन् ।

गेस्किनले सार्वजनिक गरेको मोडलमा केही पनि त्यस्तो छैन, जो अचम्मित पार्ने होस् । ६.१ को फोन (जुन एप्पलको सन् २०१८ को बजेट फोन हुने चर्चा छ) को रंग कालो छ । यसको स्क्रिन नोट्चड् छ र एउटा मात्रै रेअर क्यामरा छ । तर सेतो रंगको ६.५ इन्च फोनमा दुईवटा रेअर क्यामरा छ ।

View image on TwitterView image on TwitterView image on TwitterView image on Twitter

गेस्किनले दुई फोन साथमा राखेर देखाएका छन् । एप्पलले यो वर्ष अर्को फोन पनि ल्याउने तयारी गरेको बताइएको छ । त्यो फोन ५.८ इन्चको हुनेछ । तर त्यसको डमी मोडल भने गेस्किनले देखाएका छैनन् । आइफोन एक्सको स्क्रिन पनि ५.८ इन्चकै छ ।

यो डमी मोडलमा खासमा केही हुँदैन, यो मात्रै प्लाष्टिकको फोन हो । तर यसले एप्पलको आउँदो आइफोनका बारेमा केही कौतुहलता भने पक्कै कम गरेको छ ।

गेस्किले सन् २०१७ को मे मा ‘आइफोन एट’ भन्दै डमी मोडल सार्वजनिक गरेका थिए । त्यसको नाम भने फरक भयो, एप्पलले आइफोन एक्स नाममा नयाँ फोन ल्यायो । तर मोडल भने गेस्किनले महिना दिनअघि सार्वजनिक गरेको डमी मोडलसँग धेरैहदसम्म मिलेको थियो ।

आइफोनले यो वर्ष तीनवटा फोन ल्याउने तयारी गरेको छ । ५.८ र ६.५ इन्चको स्क्रिन भएको फोन केही महंगो हुने छन् । यी दुवैमा ड्युअल रेअर क्यामरा र ओएलइडी स्क्रिन हुनेछ । तर ६.१ इन्चको फोन केही सस्तो हुनेछ, किनकी यसमा सिङ्गल रेअर क्यामरा र एलसिडी स्क्रिन हुनेछ ।