न्युजिल्यान्डद्वारा भारतलाई सामान्य लक्ष्य : कमाल गर्न सकेन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

न्युजिल्यान्डद्वारा भारतलाई सामान्य लक्ष्य : कमाल गर्न सकेन



एजेन्सी । न्युजिल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतलाई २ सय ४० रनको लक्ष्य दिएको छ । न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले फाइनल पुग्न २ सय ४० रनको लक्ष्य पाएको हो ।

४६ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलरबार वर्षा भएपछि खेल आजलाई सारिएको थियो । म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा त्यहिँबाट सुरु भएको खेलमा न्युजिल्याण्डका लागि रोस टेयलरले ७४ रन बनाए । ९० बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरेका रोस रनआउट भए । १० रन बनाएका टोम लाथम भुवनेश्वर कुमारको बलमा रबिन्द्र जडेजामार्फत् क्याच भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । उनी पनि भुवनेश्वरको बलमा कप्तान कोहलीमार्फत् क्याच भए ।

मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए । यसअघि मंगलबार कप्तान केन विलियम्सनले अर्धशतक बनाएका थिए । ९५ बल सामना गरेका विलियम्सनले ६ चौकाको मद्दतमा ६७ रन बनाएका थिए । ओपनर मार्टिन गुप्टील १ रनमा जसप्रित बुम्रराहको बलमा कप्तान बिराट कोहलीमार्फत् क्याच भएपछि दबाबमा आएको न्युजिल्याण्डको इनिङ्स कप्तान विलियम्सनले केही उकासेका थिए ।

हेनरी निकोलस २८ रनमा पवेलियन फर्किंदा जेम्स निसम १२ रनमा आउट भए । ५१ बल खेलेका निकोलस २ चौका प्रहार गर्दै रबिन्द्र जडेजाबाट बोल्ड भए । निसम हार्दिक पाण्डेयको बलमा दिनेश कात्तिकमार्फत् क्याच भए । कोलिन डिले १६ रनको योगदान दिए । १० बल खेल्दै २ चौका प्रहार गरेका कोलिन भुवनेश्वर कुमारको बलमा महेन्द्रसिंह धोनीबाट क्याच भए ।

भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । हार्दिक पाण्डेय, जसप्रित बुम्रराह, युजवेन्द्र चहाल र रबिन्द्र जडेजाले १–१ विकेट लिए ।