नयाँ दिल्ली अब सबैभन्दा जोखिममा - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

नयाँ दिल्ली अब सबैभन्दा जोखिममा



नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली अब सबैभन्दा जोखिममा रहेको अध्ययनले बताएको छ । कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेको बेला यस्तो बताइएको हो ।

दिल्लीमा कोरोना परीक्षण गर्दा अन्यत्र भन्दा बढी रेसियोमा धेरै संक्रमित भेटिन थालेको समेत बताइएको छ ।

सोमबार जम्मा परीक्षण गरिएको स्वाबमध्ये २७ प्रतिशत मानिसमा कोरोना पोजेटिभ भेटिएको हो । योसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ ।

पछिल्लो तथ्यांकका अनुसार पछिल्लो २४ घण्६ामा दिल्लीमा ३७०० मानिसमा कोरोना परीक्षण गरिएको छ, यीमध्ये १००७ जनामा कोरोना संक्रमण देखिएको छ । यसको अर्थ जम्मा परीक्षण भएकोमध्ये २७ प्रतिशतमा कोरोना संक्रमण भेटिएको हो । गत हप्ता यो दर २६ प्रतिशत थियो ।

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन भन्छन्, ‘एम्सका निर्देशकका अनुसार यो सामुदायिक संक्रमण हो । धेरै मानिसहरुलाई कोरोना संक्रमणको स्रोत थाहा छैन । दिल्लीमा झण्डै आधा संक्रमितको स्रोत थाहा छैन ।’

दिल्लीमा संक्रमित भएका २९ हजार ९४३ संक्रमितमध्ये ११ हजार ३५७ जनाको निको भइसकेका छन् । अहिले १७ हजार ७१२ जना बिरामी नै छन् ।

दिल्लीमा अब कोरोना भाइरस सामुदायिक स्तरमा संक्रमण सुरु हुन लागेको भन्दै त्रास फैलिएको छ । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई स्वास्थ्य समस्या भएपछि मंगलबार कोरोना परीक्षण गरेका छन् । उनी आफैं आइसोलेसनमा बसेका छन् ।

दिललीमा लगातार कोरोना संक्रमण बढ्न थालेपछि यहाँ हटस्पटको संख्या पनि बढिरहेको छ । दिल्लीमा आइतबार १६९ को संख्यामा रहेको हटस्पट १८३ पुगेको छ ।