नेतालाई चैन,जनतालाई ऐन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेतालाई चैन,जनतालाई ऐन



हरि थापा

राजनितिकज्ञहरूले बोल्ने एउटा शब्द खुबै चर्चित छ “विधिको शासन” साँच्चै यो कस्तो विधिको शासन हो ?विधिको शासन भन्या विधि पुर्‍याएर टाकटुक पार्ने,काटकुट पार्ने बाह्र मसाला हालेर हर्हर बास्ना आउने गरी पिसेर खाने हो?अनि के फगत विधिको शासन भनिरा,विधिको शासन भन्ने अनि आफ्ना जतिलाई विधि पुर्‍याएर छाड्ने पराई जतिलाई चिसो कोठामा कोचिरहने हो?

के साँच्चै विधिको शासनले तल देखि माथि माथि देखि तल ठुला देखि साना उच्च पदस्थहरू सबैलाई कठघरामा उभ्याउन सकेको छ त यसको मतलब सबै न्याय पाएर निस्फिक्रि हुन पाएका छन् त प्रशासन अड्डा अडालत भनेको यस्तै हुन पर्ने हो? हामीले राम्रा सिस्टम भएको देशबाट सिक्ने हो कि हामी अाफुँले चैँ अरूलाई सिकाउने हो?यस विषयमा गम्भीर छलफल हुनु जरुरी छ।विधिको शासन लाई बटारेर खल्तीमा हाल्ने नियम कानुन को किन बेच गर्नेलाई विधिको शासनले खै कठघरामा उभ्याएको।

ठुला उद्योगपति, ठुला ठेकेदार गुण्डा भनेर कहलिएका अनि उच्चस्थपदमा अासिनहरुलाई खैँ विधिको शासनले छोएको खाली जनतामा मात्र लागु हुने हो यो शासन?

जनताले जनताद्दारा जनताको लागि बनाइएको शासन रे!कहिले बनाए जनता आफूले सबका सब रातारात अँध्यारो कोठामा बसेर अन्धा धुन्द विधिविधान पास गर्छन्।अनि जनताले बनाएको भन्न पाइन्छ?अब यसलाई प्रतिस्थापन गरोैँ नेताले नेताको लागि नेताद्दारा नेताको अाफन्ता भाइ भतिजा,मामा माइजू,काका काकी,फुपू,फुपाजु,दिदी भिनाजु,साला साली,बैनी जुवाई ससुरालीका लागि ल्याइएको शासन हो भनेर व्याख्या गरोैँ।

जनता जनता बिचमा राखेको छ जनतालाई मुछ्ने काम सिवाय केही सुखसुविधा दिएको छैन नेता चुने जनतालाई दोष घुस खाए जनतालाई दोष भ्रष्टाचार गरे जनतालाई दोष। टिके प्रतिनिधिलाई पाटीले टिका लगाएर टिकट दिन्छ अनि जनताले गलत मान्छे छाने भनेर हुन्छ? टिकट दिँदा नै सही प्रतिनिधिलाई दिए त जनताले छानेर भोट दिई हाल्थे नि!

जनताले खुसी भएर देश पुरै समृद्धि हुन्छ भनेर भोट दिन्छन् अनि नेताहरू चैँ जनता चटक्क भुलेर सुखसयल विलाशिताको बस्तु घर गाडी अन्य अतिरिक्त सुविधा तिरै अाखाँ लाएर दाऊ कुरेर बस्छन् जनता रितै हो जनताले नेतालाई भोट दिन्छन् त्यस बापत जनताले सुखुसविधा सेवा होइन भोट साँचो चोट पाउँछन् यो लामो समय देखि देखिँदै आएको क्रियाकलाप हो।

मन्त्री प्रधानमन्त्री वा अन्य उच्चपदस्थ वा केही ठुला घरनाको व्यापारी माथि कुनै सङ्कट,घटना, दुर्घटना हुँदा पनि रातारात क्षतिपूर्ति पारित गरिन्छ चाहे सुजता कोइराला क्यान्सर हुँदाको समय होस् वा प्रधानमन्त्री मन्त्री सभामुख को पेट दुख्दाको परिस्थिति रातारात बजेट पारित गर्छन् जब एउटा आवाज विहीन नागरिक छन् उनीहरूलाई सरकारको तर्फबाट भएको त्रुटिले जीवन र मरणको दोसाझमा छन् भने पनि वास्ता हुन्न यही हो जनताको शासन?कति सम्म दुख दिन सकेको नागरिकलाई।आफ्नो ढाड टाउकोमा टेकाएर सत्तामा पुर्‍याउने योद्दाहरुको समेत सरोकार राख्दैनन् यही हो साृद्दिको सङ्केत?

यहाँ चोट असीमित छन् पुन भोटको कुरा जोडोै प्रतिनिधिको उमेरदार दिन पनि उस्तै योग्यता क्षमता भएको चाहिने भएस् टिके बाहेक अरू चुन्निने कुरो पनि भएन बलात्कारका मुछिएको दुईचार पैसा मात्र भए पनि भ्रष्टाचार गरेको,चेलीबेटी बेच्नेलाई संरक्षण दिएको निर्दोष हरूलाई जेल चलान गर्ने खुबी भएको अलिअलि चोर्न सिपालु मान्छे लुट्न जान्ने, यस्तै योग्यताको भए पुग्ने भएपछि त्यो अवसर गुम्ने कुरै भएन।यस्ता काममा हाम्रा मान्यहरू सर्वउत्कृष्ट नम्बर ल्याउन सक्ने छन्।

तपाइहरूले देख्नु भा,छ सांसद प्रतिनिधिको शिक्षा यति हुनुपर्छ। कार्यकारी प्रमुख प्रधानमन्त्री को शिक्षा यति उति हुनुपर्छ कतै सुन्नु भा,छ एउटा सामान्य कर्मचारी बन्न कत्रा कत्रा किताबका ठेली पढ्नु पर्छ अनि निश्चित कक्षा अनिवार्य पास गरेको हुनुपर्ने ब्यहोरा हुन्छ । तर नेता बन्न प्रधानमन्त्री बन्न सभासद् बन्न सांसद बन्न कुनै योग्यता नचाहिने?वाह! अचम्म छ यार!अनि सांसद भवनमा नियम कानुन विधिविधान पारित गराउँदा, हात हैन टेबल नठटाएर के गाला पड्काउँछन त?

कति सम्मको अल्छी प्रतिनिधि छन् भने एउटा हात टेबल मुनी राख्छन् चित्त बुझ्ने भाषण गरे भने मुस्किलले एउटा हातले ताली ठोक्छन् त्यो पनि टेबलमा। उस्तै परे सुतिसुति कति रोैनक दृश्य छन् सांसद भवनका कोही खैनी मोलिरहेका हुन्छन् कोही फेसबुक चलाईरा हुन्छन् कति आफ्नै अफिसियल काम गर्छन्
यस्तो अन्य देशमा विरलै भेटिन्छन्।

एक सन्दर्भ ।

मलेसियाको निवर्तमान प्रधानमन्त्री महोमद नाजिव रजाक लाई ९२ वर्षका वर्तमान प्रधानमन्त्री माथिरविन महोम्मदले कार्यभार सम्हालेको चोैविस घण्टा भित्र निवर्तमान कार्यकारी प्रमुखलाई देश बाहिर जान प्रतिबन्ध लगाई भ्रष्टाचारको अाशंकामा छानबिन सुरु गरेका थिए।

माथिरविन महोम्मद जसको योगदानले २२ वर्षमा मलेसिया उन्नत भयो विश्व अाकर्षनको गनतब्य बन्यो आर्थिक रूपमा सबल भयो हाल सम्म पनि नेपाल लगायत अन्य धेरै मुलुकका नागरिकलाई रोजगार दिने रोजगारदाताको रूपमा परिचित छ।तीव्र विकास भइरहेको छ र पनि केही वर्ष यत्ति आर्थिक स्तर माथि उठ्न नसक्नु भ्रष्टाचारको गन्ध हुनसक्छ भन्ने सजिलै अनुमान लगाउन सकिन्थ्यो अन्ततः:काम सफल भयो।

केही वर्ष यत्ता विवादै विवादमा तानिएका जनता पनि निराश भइरहेको परिप्रेक्षमा महङ्गी बढेको साथै 6% सम्म जिएस् लगायतका (कर)रकम असुल्दै आएको थियो।यसबाट विदेशी कामदार मात्र होइन रोजगार दाता कम्पनी यहाँका नागरिक सबै रुष्ट थिए जब माथिरले महोम्मद रजाकको विपक्षी भई चुनाव लडे उनले विजय हासिल गरे र सबै भन्दा बढी उमेरमा कार्यकारी प्रमुखको जिम्मेवारी समाल्ने प्रधानमन्त्रीको कीर्तिमान कायम गरे।

हो उनको नेतृत्वलाई जनताले राम्रो सँग चिनेको थिए।त्यसैले उनको आवश्यकता महसुस गरिरहेका थिए।उनी आए र ऐतिहासिक विजय प्राप्त गरे।

जब उनले कार्यभार समाले उनले चुटकिला मिठा गफ हैन स्वईम फिल्डमा खटेर सिस्टम बनाउँदै छन् पहिलो काम त भ्रष्टाचार भएको अाशंकमा प्रधानमन्त्री रजाक को घर छापा मारे र ट्रकका ट्रक महङ्गा विलासिताको वस्तुहरू हिराको ह्रार लगायत अन्य महङ्गा घडीहरू बरामत गरियो र झन्डै बत्तिस अर्बको श्रोत नखुलेको सम्पत्ति सरकारले जफत गर्‍यो र छानबिनकै प्रक्रियामा प्रहरी हिरासतमा राखिरहेको छ सम्भत:जेल चलान हुने प्रबल सम्भावना छ इतिहासमा पहिलो पटक होला यति छिटो फास्ट ट्याक्रमा एउटा कार्यकारी माथि प्रतिबन्ध गरी छानबिन अगाडी बढाएको।

यति बेला बल्ल जनताले जनताको लागि जनताद्दारा बनाएको ऐन कानुन संविधान भन्न कति पनि सोच्नु पर्दैन के हाम्रो मामिलामा यस्तो छ? बिलकुल छैन हाम्रा मामिलामा न्याय पाउन बर्षोै न्यायालयको ढोकामा अनसन नै बस्नु पर्ने हुन्छ आन्दोलन बन्द हडताल नै गर्नु पर्ने हुन्छ।अनि विधिको शासनको यो भन्दा ज्यादा मजाक के हुन सक्छ?विधिको शासन प्रयोग गर्न र गराउन नजान्नेहरुले कुर्सी अोगटेर बस्ने हो भने यस्तो फास्ट ट्रयाकमा काम गर्न कठिन हुन्छ।

जब विधिको शासनलाई ईमान्दारीताको पालना गरिदैन् बिचैमा पहुँच र पावर गह्रोै खल्तीको आधारमा व्याख्या गरिन्छ तब सम्म विधिको शासनलाई समेत तोडमोड गरेर बन्धक पारिदिन्छन् केही कानुनका ठेकेदारहरूले..

यदि साँच्चै दिमागमा समझदारी काँधमा जिम्मेवारी हृदयमा ईमान्दारी भएका मान्छे यस देशमा जन्मेका थिए भने यो कन्तविजोग पक्कै हुने थिएन अझै पनि नितिनिय ठेलीका ठेली बनिरहँदा पनि सर्वसाधारण न्याय नपाएर सडकमा जीवन गुजार्न बाध्य पारिएका छन् भने त्यो विधिको शासन कानुन नियमले के फरक पर्‍यो?

जब सम्म कथित राजनीतिमा सिस्टम ठुला साना सबैलाई समेटेर स्पष्ट सरल ढंङगबाट विभेद नगरी साँच्चै न्याय दिलाउँछन् भने अर्थात् पद्धति,पारदर्शी ईमान्दारी उतकृष्टता लाई आधार मानी विधिशासन लाई स-सम्मान पालना गरिदैन् तब सम्म सर्वसाधारणले न्याय कदापि कहिल्यै पाउँदैन त्यसैले विधिको शासनलाई पालना गर्दा साना पहुँच नहुनेलाई मात्र हैन जसरी मलेसियाको निवर्तमान प्रधानमन्त्रीलाई हिरासतमा राखियो यसै गरी हरकोही दोषी छन् भने कठघरामा उभ्याउने क्षमता राख्नु पर्छ।तब मात्र समृद्धिको रेखा कोर्न सकिन्छ नत्र नियम कानुनको खेती गर्दै फटाहहरुले कानुलाई अाफुअनुकुल व्याख्या,विश्लेषण गरी मोैकाको फाइदा उठाउन् सक्छन्।त्यसैले अब नागरिकहरू पनि उत्तिकै सचेत हुन जरुरी छ र नेपालले अन्य देशको वस्तुगत परिस्थितिको अध्ययन गरी पाठ सिकेर अभ्यास गर्नु जरुरी छ।