नेपाल समूह छोडेको हल्ला गरिएका नेता पनि सहभागी: बैठकमा के भने ? - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नेपाल समूह छोडेको हल्ला गरिएका नेता पनि सहभागी: बैठकमा के भने ?



काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले आयोजना गरेको भर्चुअल केन्द्रीय कमिटी बैठक जारी छ। बैठकमा नेपाल समुह छाडेको हल्ला चलाइएका एताहरू पनि सहभागी छन् ।

बैठकमा स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पनि सहभागी छन्।

पछिल्ला केही दिनयता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढेको भन्दै हल्ला चलाइका नेताहरू पनि बैठकमा सहभागी भएर आफ्ना धारणा राखिरहेका छन्।

बैठकमा नेताहरूले आफूहरू नेता नेपालको सम्पर्कमै रहेको बताएका छन् । त्यतिमात्र होइन उनीहरूले नेता नेपालकै जानकारीमा केपी शर्मा ओली समूहसँग वार्ता भैरहेको समेत बताएका छन्। सकेसम्म पार्टीलाई मिलाउन आफूहरू इमान्दारीपूर्वक लागिरहेको उनीहरूले बताएका छन् ।

नेताहरूले बाहिर अनावस्यक हल्ला चलाइएको समेत बताएका थिए । नियोजित रूपमा दुष्प्रचार गरिएको भन्दै केहि नेताहरूले यसको बारेमा लामो धारणा राखेका थिए ।

एमाले केन्द्रीय कार्यालयका तर्फबाट कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबार बिहान विज्ञप्ति नै निकालेर अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन निर्देशन दिएका थिए।

बैठकमा भुसाल र पाण्डेले केन्द्रीय सदस्यहरुबाट उठेका प्रश्नको जवाफ दिइसकेका छन् भने भट्टराई र विष्टले केहीबेरपछि जवाफ दिने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।