सभामुखको भूमिका संकास्पद : नेता सिंह - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

सभामुखको भूमिका संकास्पद : नेता सिंह



काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय अभ्यास विपरीत जवरजस्ती चिकित्सा शिक्षा विद्येयक पारित गरेको आरोप लगाएका छन् ।

किङ्ग कम स्पोर्र्टस् क्लबले शनिबार आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गर्दै उनले सरकारले प्रतिपक्षको आवाज दवाएर चिकित्सा शिक्षा बिधेयक पास गरेको आरोप लगाएका हुन् । ‘सभामुखको भूमिकामाथि समेत प्रश्न उठेको छ’, उनले भने, ‘सभामुखले हामीसँग सहमतिमै विधेयक आउँछ भन्नुभएको थियो । पछी भित्र नेकपाको कार्यकर्ता जस्तो बनेर विधेयक पारित गर्न भूमिका खेल्नु भयो ।’

नेता सिंहले अगाडी भने, ‘चिकित्सा शिक्षा विद्येयक पारित गर्नु संघीय संसदको गरिमाअनुसार संसदीय अभ्यास भएन । संसद विपक्षीको पनि भएको हो । जुन कुरा सभामुखले बुझ्नु पर्थ्यो । तर, सभामुखले नाराबाजीकाबिच विद्येयक पारीत गर्न सरकारलाई सघाउनु भयो ।’

कांग्रेस यस्तो असंसदिय ब्यबहारको बिरुद्धमा रहेको बताउँदै उनले उक्त कदमको कांग्रेसले कडा प्रतिकार गर्ने बताए । पूर्व शिक्षा मन्त्री समेत रहेका नेता सिंहले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताललाई केन्द्र सरकार मातहतमा राख्नु पर्ने आफूहरुको मागकोसमेत बेवास्ता भएको बताए ।