प्रचण्ड-नेपाल पक्ष सर्वोच्चमा: रिट दर्ता हुँदै - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

प्रचण्ड-नेपाल पक्ष सर्वोच्चमा: रिट दर्ता हुँदै



काठमाडौं- संसद विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड-नेपाल समूह सर्वोच्च अदालत पुगेको छ ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै नेकपाको प्रचण्ड-नेपाल समूह सर्वोच्च अदालतमा पुगेको हो।

संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै प्रचण्ड-नेपाल समूहका नेताहरू रिट लिएर सर्वोच्चमा पुगेको बताइएको छ । नेताहरू कृष्णभक्त पोखरेल, देव गुरुङ र रामकुमारी झाँक्री सर्वोच्चमा पुगेर रिट निवेदन पेस गरेका छन्।

उनीहरुको रिट दर्ताको प्रक्रियामा अगाडी बढिरहेको बताइएको छ ।

प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने प्रस्तावमाथि छलफल गर्न अहिले केन्द्रीय कमिटि बैठक जारी छ ।