अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा नेपालको असन्तुष्टि
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न ढिलाई भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
नेता नेपालले सो विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु पर्ने बताएका हुन्। सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले कुनै पनि बहानामा सो विमानस्थलको निर्माण कार्यमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए।
वरिष्ठ नेता नेपालले सो विमानस्थलको निर्माणका लागि प्रभावित क्षेत्रका जनताको उचित बसोबासको व्यवस्था गर्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। उनले रन वे निर्माणका लागि सो क्षेत्रको जग्गा अधिग्रहणको काम सम्पन्न गर्न सरकारले ढिलाई नगर्न नहुने पनि स्पष्ट पार्नु पारे। वरिष्ठ नेता नेपालले सो विमानस्थल निर्माणको कामलाई अघि बढाउन स्थानीय जनताले दवाव दिईरहँदा पनि सरकारले चासो नदिएको गुनासो गरे। स्थानीय जनतासँग आवश्यक परामर्श गरेर सो विमानस्थल निर्माण कार्यलाई सहज ढंगले अघि बढाउन सरकारलाई वरिष्ठ नेता नेपालको सुझाव छ।