विप्लवका ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विप्लवका ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ !



काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे हिंसात्मक गतिविधि प्रतिबन्ध लगाएसँगै सुरक्षा संयन्त्र कडा रूपमा प्रस्तुत भएको छ । विप्लव समूहकाे हिंसात्मक गतिविधि प्रतिबन्धपछि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले १७ जना नेता कार्यकर्ता पक्राउ गरिसकेको छ । एनसेल टावर आक्रमणपछि नेपाल प्रहरीले १७ जना विप्लव नेता कार्यकर्ता पक्राउ गरी हिरासतमा लिएको जनाएको छ ।

एक साता अगाडिमात्र विप्लवसमूहमाथि सरकारले प्रतिबन्ध लगाएको थियो । हिंसात्मक गतिविधि प्रतिबन्धपछि विल्पवका नेताहरुमाथि उच्च निगरानी निर्देशन गृहमन्त्रालयले प्रत्येक जिल्ला जिल्लामा निर्देशन दिइएको छ ।

विप्लवका नेता कार्यकर्ताले तोडफोड, हातहतियार, बमबिस्फोटका घटनामा संलग्न भएको भेटिए पक्राउ गर्नसमेत निर्देशन दिइसकेको छ । प्रहरीमाथि नै जाइलागे धुडा तल गोली हान्नेर नियन्त्रणमा लिनसमेत निर्देशन दिएको छ ।

कति परे पक्राउ ?

चन्दा आतंक, बम विस्फोटका घटनामा संलग्न भएको भन्दै गएको बैशाखदेखि चैत ४ गतेसम्मको अवधिमा ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ गरेका छन् ।

नेपाल प्रहरीको विशेष ब्युरोले गएको एक सातामा १७ जना गरी कुल ४ सय २८ जना नेता कार्यकर्ता पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिबन्धपछि पक्राउ परेका नेता ?

विप्लव समूहले आपराधिक घटना बढाएको भन्दै सरकारले त्यसलाई प्रतिबन्ध लगाएपछि नेपाल प्रहरीले विप्लवसमूहका पोलिटब्युरो सदस्य मोहन कार्कीसहित १७ जना नेता कार्यकतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने नेता कार्यकर्ता
१– मोहन कार्की,पोलिटब्युरो सदस्य
२–राजु कार्की, किसान महासंघका अध्यक्ष
३– सूर्य भुजेल, विप्लवका पूर्वअंगरक्षक
४–जयराम दंगाल, नेता
५–केदार खतिवडा, नेता
६–अर्जुन केसी
७–अर्जुन गोतामे
८–रविन केसी
९–वीरेन्द्र नेपाली
१०– विपीन लामा
११– नविन विष्ट
१२– विमला भण्डारी
१३– गौरी धामी
१४– रुकमिणी पुडासैनी
१५–उषा भुजेल
१६–रामकुमार अधिकारी
१७–ज्ञानेन्द्र बुढाथोकी

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये अधिकांशलाई काठमाडौं प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ । उनीवरुद्ध प्रहरीले फौजदारी संहिता अनुरुप बम विस्फोट, हातहतियार तथा खरखजना र ज्यान मुद्दा चलाइएको छ ।जनाता समाचारबाट