दलको नेता छान्न प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक सुरु - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

दलको नेता छान्न प्रचण्ड–नेपाल समुहको संसदीय दलको बैठक सुरु



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक सुरु गरेको छ । बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको बताइएको छ ।

बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने तयारी गरिरहेको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।