निर्वाचन आयुक्तसँग परामर्शमा सत्ता गठबन्धनका नेताहरु, सर्वदलीय बैठक बस्न सकेन - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

निर्वाचन आयुक्तसँग परामर्शमा सत्ता गठबन्धनका नेताहरु, सर्वदलीय बैठक बस्न सकेन



काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको भनिएको सर्वदलीय बैठक शनिबार बस्न सकेन ।

स्थानीय चुनावसहितका समसामयीक विषयमा छलफलका लागि प्रधानमन्त्री देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बोलाएका भनिएको थियो । तर बैठक बस्न सकेन ।

सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वदलीय बैठक नै नबोलाइएको दाबी गरेका छन् ।

तर स्रोतका अनुसार सर्वदलीय बैठक बोलाइए पनि सत्ता गठबन्धनका नेताहरुले त्यसलाई आफूहरुको आन्तरिक बैठकमा परिणत गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपाल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताबीच छलफल भएको छ ।

यसैबीच उनीहरुले निर्वाचन आयोगका पदाधिकारीसँग पनि छलफल गरिरहेका छन् । देउवा, नेपाल र प्रचण्डले बालुवाटारमै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनका नेताहरुबीच आउँदो कात्तिक–मंसिरमा तीन तहकै चुनाव एकसाथ गर्ने लगभग सहमति भएको छ । त्यही परिवेशमा उनीहरुले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।