प्रहरीले समात्यो नेटवर्किङ व्यवसायमा सक्रिय समूह - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रहरीले समात्यो नेटवर्किङ व्यवसायमा सक्रिय समूह



दाङ। दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो।

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार १७ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो।

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरूको नाम भने गोप्य राखिएको छ। उनीहरूले दुई महीनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजार रुपैयाँसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।