नेपालमा तीव्र फैलिँदै, विदेशमा मत्थर - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपालमा तीव्र फैलिँदै, विदेशमा मत्थर



काठमाडौं- असार १५ गतेसम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

संक्रमितको संख्या २६ हजार ३ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ हजार दुई सय ४८ संक्रमित थिए।

सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ जार ९ सय ३९ जना छन्।

जब कि नेपालमा ३ सयको मृत्यु भइसकेको छ। संक्रमितको संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ।

यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने तीव्र गतिमा बढ्दो छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको बताए।