माधव नेपालले भने: ओली चरित्र पहिले नै थाहा थियो, त्यसैले साथ छोडेको हो - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

माधव नेपालले भने: ओली चरित्र पहिले नै थाहा थियो, त्यसैले साथ छोडेको हो



काठमाडौं–नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने दुराशय बुझेर नै आफूहरुले वैकल्पिक सरकार बनाउन सहयोग गरेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १:४९ बजे प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता नेपालले मध्यरातमा देशघाती, जनघाति कुकर्म भएको उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने दुराशयलाई बुझेर नै हामीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी दल(उपेन्द्र यादव पक्ष), राष्ट्रिय जनमोर्चासँग मिलेर प्रनितिधि सभाबाट वैकल्पिक सरकार निर्माणको स्पष्ट सम्भावनासहित राष्ट्रपति समक्ष आवेदन दिने कार्यको समर्थन गरेका थियौं’ नेता नेपालले जारी गरेको विज्ञप्तिमा भिनिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यको हस्ताक्षरसहित स्पस्ट बहुमत रहेको उल्लेख गरिएको र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत प्राप्त प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएपनि त्यसलाई कुल्चेर प्रधानमन्त्री र राष्ट्रपतिलले अनुचित साँठगाँठ गरि प्रतिनिधिसभा भंग गरेको नेता नेपालको भनाइ छ।

नेता नेपालले संविधान लोकतन्त्र र स्वयं पार्टीको रक्षाका लागि आफूहरुले सबै प्रकारका प्रयास गरेको भएपनि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीबाट कुनै वास्ता नगरिएको र त्यसो गर्नुको आशय प्रतिनिधिसभा विघटनमा प्रकट भएको उल्लेख गरेका छन्।

देश कोरोना महारमारीको चपेटामा परिरहेको बेला देश रजनीतिक दलहरु र आफ्नै दललाई एकतावद्ध बनाई महामारीका विरुद्धमा जुझ्नु पर्ने बेलामा देशलाई संविधान मिच्दै जबरजस्ती निर्वाचनमा धकेल्नु राष्ट्र र जनता विरुद्धको अपराधपूर्ण कार्य भएको र यो नेपालको इतिहासमा कलंकको रुपमा दर्ज हुने नेता नेपालले उल्लेख गरेका छन्।