२०७६ जेष्ठ ११, शनिबार

नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा आगलागी, लाखौँको जलेर सामान नष्ट

December 6, 2018
174 Views

राँझा – नेपालगञ्जका दुई मेडिकल र एक किराना पसलमा गए राति आगलागी हुँदा लाखौँको जलेर सामान नष्ट भएको छ । बिपीचोक नजिकै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल अगाडि रहेको राकेशकुमार कुम्हालको सफा मेडिकल र लालुमाया चलाउनेको माया फार्मेसी र धीरज जनरल स्टोरमा मध्यरातमा आगलागी भएको थियोे ।

आगलागीबाट मेडिकलमा रहेका सम्पूर्ण औषधि र किराना पसलको सामान जलेर नष्ट भएको नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने उल्लेख गर्दै उनले आगलागी भएको थाहापाउनासाथ आएका सुरक्षाकर्मी, दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाए पनि औषधिजन्य वस्तु जलेर नष्ट भएको बताए ।

सफा मेडिकलका सञ्चालक राकेशकुमार कुम्हालले रु ५० लाखभन्दा बढीको औषधि नष्ट भएको उल्लेख गरे । उनले रु ४५ लाखमा पसलको बीमा गरेका थिए ।

औषधि व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिए । केही महीना अगाडि मात्रै नेपालगञ्जकै धम्वोझीमा रहेको जीवन शर्माको औषधि पसलमा पनि आगलागी भएको थियो ।

Facebook Comments

सम्बन्धित खवर

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने
राजनीति
0 shares8 views
राजनीति
0 shares8 views

विप्लव समुहको जिम्मा माधबकुमार नेपालले लिने

himal post - २०७६, ११ जेष्ठ २०:२३

बाँके । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधबकुमार नेपालले नेकपा विप्लव समूहको जिम्मा आफुले लिने बताएका छन् ।उनले बुलेट छोडेर ब्यालेटको…

भारतमा लोकसभा विघटन
अन्तराष्ट्रिय
0 shares5 views
अन्तराष्ट्रिय
0 shares5 views

भारतमा लोकसभा विघटन

himal post - २०७६, ११ जेष्ठ २०:१४

काठमाडौं - भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७…

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा
अन्तराष्ट्रिय
0 shares16 views
अन्तराष्ट्रिय
0 shares16 views

भारतीय कलाकारको भाग्य पनि मोदीको खल्तीमा

himal post - २०७६, ११ जेष्ठ १९:५९

नयाँ दिल्ली । भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका…