नेपालीको औसत आयु ७३ वर्ष - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

नेपालीको औसत आयु ७३ वर्ष



सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ।

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत आयु ७२ वर्ष रहेको छ । यसअघि २०७३ सालमा नेपालीको आयु ६९ वर्ष रहेको थियो। यो खबर आजको राजधानी दैनिकमा शिव दुवाडीले लेखेका छन्।

प्रतिवेदनले २०७७ सालसम्म मातृ मृत्युदर (प्रतिलाख जीवित जन्म) २३९ बाट १२५ मा झार्ने लक्ष्य लिएको छ । पाँच वर्षमुनिका बालमृत्यु (प्रतिहजार जीवित जन्म) ३९ बाट २६, नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्म) २३ बाट १७ जनामा झार्ने लक्ष्यसमेत निर्धारण गरिएको छ।

पछिल्लो समय नवजात शिशु, बालस्वास्थ्य तथा मातृस्वास्थ्यका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेका कारण आयुमा वृद्धि भएको हो।

नसर्ने (मुटु, मिर्गौला, अर्बुदरोगलगायत) रोगको उपचारमा केही आर्थिक सहयोगसमेत प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक अधिकारमा व्यवस्था गरेको छ।

प्रतिवेदनमा स्वास्थ्य संस्थामार्फत प्रसूति सेवा प्राप्त गर्ने महिलाको प्रतिशत ५७ बाट ७२ पु¥याइने र सीपयुक्त स्वास्थ्यकर्मीद्वारा प्रसूति सेवा प्राप्त गर्ने महिलाको संख्या ५८ बाट ७२ प्रतिशत पु¥याइने लक्ष्य निर्धारण गरिएको छ।