नेपाली छाउपडी न्यु योर्क टाइम्समा, डा भट्टराईको आपत्ति - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

नेपाली छाउपडी न्यु योर्क टाइम्समा, डा भट्टराईको आपत्ति



विश्वभर सबै भन्दा धेरै बिक्री हुने पत्रिका ’द न्यु योर्क टाइम्स’ मा शुक्रबार नेपाली कुप्रथा छाउपडीको बारेमा समाचार छापिंदा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आपत्ति जनाएको छन् ।

‘संसारको सबभन्दा बढी विक्रि हुने अंग्रेजी पत्रिकाको पहिले पेजमा नेपालको बदनाम मध्ययुगीन छाउपडी प्रथा र त्यसबाट मारिएका किशोरीहरूको दर्दनाक कथा छापिंदा हाम्रो राष्ट्रिय छवि दुनियाँभर कस्तो होला? २१औं शताब्दीमा छाउपडीको पनि अन्त्य गर्न नसक्ने हामीले अरू ठुला गफ हाँक्न सुहाउला?’ भन्दै भट्टराईले आफ्नो टुइटरमा व्यंग्य गरेका छन् ।

नेपाली कानुनले २०६२ सालमा छाउपडि प्रथालाई अपराध भनेको भएतापनि अझै पश्चिम नेपालका विभिन्न ठाउँहरुमा यो प्रथालाई मान्ने चलन छ । महिलाले महिनावारी भएको बखत गोठमा गएर बस्नु पर्ने यो चलनका कारण समय समयमा दुःखका घटनाहरु घटेको खबर आउँछ र केही समय पछि हराएर जान्छन् । कानुनमा महिलालाई छाउपडि प्रथा अनुसार गोठ पठाउनेलाई तिन महिना जेल सजाय र रु ३ हजार जरिवाना उल्लेख भएको भएपनि कार्यन्वयन हुन सकेको छैन् ।

यसरी गोठमा बस्दा बलात्कार, सर्पले टोक्ने आदि जस्ता कारण मृत्यु भएको खबर पत्रपत्रिकामा छापिने गरेको छ । २०७३ मा पनि दुई युवतीहरुको गोठमै मृत्यु भएको पाइएको थियो ।