यसरी हुँदैछ नेपालको एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

यसरी हुँदैछ नेपालको एकदिवसीय सिरिजको प्रत्यक्ष प्रशारण



काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले बुधबार एकदिवसीय खेलमा डेब्यू गर्दैछ। नेदरल्यान्ड्सविरुद्ध बुधबार र शुक्रबार २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्न लागेको हो।

दुवै खेलमा नेदरल्यान्ड्सको आम्टर्डमस्थित भिआरए मैदानमा हुनेछ। त्यसका लागि नेपाली टिम नेदरल्यान्ड्स पुगिसकेको छ। इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स मैदानमा नेपाल, नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेलेर नेपाली टिम नेदरल्यान्ड्स पुगेको हो।

नेदरल्यान्ड्सबिरुद्धको डेब्यू एकदिवसीवसीय खेल नेपालको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाल र नेदरल्यान्ड्सबीच हुने खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने ट्वीटरमार्फत जानकारी दिएका छन्।

कान्तिपुर टेलिभिजन बाहेक नेदरल्यान्ड्सको लाइभब्रोडकास्ट डट एनएलबाट पनि वेभ लाइभ हेर्न सकिनेछ।

नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो। गत चैतमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपअन्तर्गत प्लेअफको खेलमा पपुवा न्यूगिनीलाई हराएर एकदिवसीय मान्यता पाएको थियो। नेदरल्यान्डसले भने डब्लुसिएल च्याम्पियनसिपको उपाधि जितेर एकदिवसीय मान्यता पाएको थियो।

नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत भएको २ खेलमा दुवै टिमले समान १–१ खेलमा जित हात पारेका थिए।