भारतीय मिडियालाई नेपाली सेनाले भन्यो: सेना भड्काउने ‘प्रोपगान्डा’ नगर - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भारतीय मिडियालाई नेपाली सेनाले भन्यो: सेना भड्काउने ‘प्रोपगान्डा’ नगर



काठमाडौं– भारतीय संचारमाध्यमहरूले ‘प्रोपगान्डा’ गरेको भन्दै आपत्ति जानेको छ । भारतीय संचारमाध्यमहरूले नेपाल र भारतका सेनाबीच दूरी बढ्नेगरी समाचार सम्प्रेषण गरेको भन्दै नेपाली सेनाले यस्तो लगाएको हो ।

खासगरी नेपाली सेनाले हिन्दुस्तान टाइम्समा प्रकाशित एक समाचारले दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्‍याएको भन्दै नेपाली सेनाले आपत्ति प्रकट गरेको छ।

सेनाले भारतीय मिडियाको यस्तो प्रोपगान्डाबाट सचेत रहन पनि सबैलाई आग्रह गरेको छ।हिन्दुस्तानटाइम्स डटकममा बुधबार सेनालाई जोडेर नेपाल सम्बन्धी समाचार प्रकाशित भएको थियो।

हिन्दुस्तान टाइम्स मात्र होइन भारतकै अर्को अनलाइन टिफिपोस्ट डटकममा बिहीबार सेनालाई जोडेर नेपालसम्बन्धी छापिएको समाचारको पनि सेनाले खण्डन गरेको छ। नेपाली सेनाले राष्ट्रिय एकतालाई कमजोर बनाउने र विभाजनतर्फ लैजाने शक्तिहरु क्रियाशील भइरहेको पनि उल्लेख गरेको छ।

नेपाली सेनाले दुवै समाचार दुई देश तथा दुई देशका सेनाबीचको सम्बन्ध र विश्वासलाई नकारात्मक असर पुर्‍याउनबाट प्रेरित भएको भन्दै विज्ञप्ति नै जारी गरेको छ । हिन्दुस्तान टाइम्समा शिशिर गुप्ताले लेखेको समाचारको शीर्षक थियो- प्रधानमन्त्री ओलीलाई ठूलो क्षति, नेपालको नयाँ राजनीतिक नक्सालाई बाधा।

यसैगरी टिफीपोष्ट डटकममा अक्षय नाराङले लेखेको समाचारको शीर्षक थियो- भारतीय सेना प्रमुखको वक्तव्य गलत भएको पुष्टि गर्न प्रधानमन्त्री ओलीले नेपाली सेना प्रमुखलाई निर्देशन दिए तर सेना प्रमुखले जवाफ दिए: नो, थ्याङ्कस।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ।