नेपाली सेनाका जवानले गरे आफ्नै श्रीमतीको विभत्स हत्या - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाली सेनाका जवानले गरे आफ्नै श्रीमतीको विभत्स हत्या



बर्दिया । नेपाली सेनाको जबरजंग गण बुटवलमा कार्यरत सैनिक जवान मोहन बोहराले श्रीमतीको विभत्स हत्या गरेका छन् ।

गुलरिया नगरपालिका–५ कृष्णसार टोलका ३५ वर्षीय मोहनले २५ वर्षीया पत्नी सुष्मा कुँवर बोहराको दाउराले हानेर हत्या गरेको प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । ‘झुलको डण्डा हानेको छ, कुर्सीले हानेको छ, दाउराले हानेको छ,’ मैनालीले भन्नुभयो, ‘आपसी मनमुटावले घटना भएको देखिएको छ ।’

प्रहरीका अनुसार श्रीमानश्रीमतीबीचको आपसी वैमनस्यताका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मंगलबार राति करिब १२ः३० को समयमा घरमा २ छोराछोरीलाई थुनेर अर्काे कोठामा मोहनले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । मोहन पक्राउ परेका छन् ।