तीन मेजरसहित ११२ सैनिक बर्खास्त - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

तीन मेजरसहित ११२ सैनिक बर्खास्त



काठमाडौं — नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने ३ जना मेजर सेनानी सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ ।

पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका ३ मेजर र ८ अन्य दर्जा सहित १ सय १२ जना सैनिक बिहीबार बर्खास्त भएका हुन् ।

एक उपरथीका अनुसार नेपाली सेनाको ईतिहासमा एकैपटक यतिधेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो पहिलोपटक हो ।

सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले पैसा बुझाएर भर्ना भएका १०१ जना सिपाही र भनौ छनौटका क्रममा रकम असुल्ने ३ मजेरसहित ११ सैनिकलाई बर्खास्त गरिएको जानकारी दिए ।, आजको कारोबारदैनिकमा यो खबर छ ।