नेपाली समाज मकाउद्वारा "पवित्र समाज सेवा नेपाललाई" सहयोग हस्तान्तरण - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

नेपाली समाज मकाउद्वारा “पवित्र समाज सेवा नेपाललाई” सहयोग हस्तान्तरण



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

अनाथ तथा असाह्य बाल बालिका र बृद्घ बृद्घाहरूलाई साहारा दिँदै आई रहेको दिक्षा चापागाईद्वारा सञ्चालित पवित्र समाज सेवा नेपाललाई नेपाली समाज मकाउले आर्थिक हस्तान्तरण गरेको छ।

नेपाली समाज मकाउका अध्यक्ष एवं समाज सेवी दोर्जे तामाङले आज मिति २०१७/३/८ तारीकका दिन काठमाडौँ धापासी ७ स्थित पवित्र समाज सेवा नेपालको आश्रममा गई नगद रु ३० हजार दीक्षा चापागाईलाई हस्तान्तरण गर्नु भएको छ। केही समय अगाडी विदेशी भूमि मकाउमा कार्यरत रहनु भएका नेपालीहरूले समाज सेवा गर्ने उदेश्यका साथ स्थापना गरेको समाजले विगत देखि नै सामाजिक कार्यमा लगाव राख्दै विविध सहयोग गर्दै आई रहेको छ।

एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु पर्छ भन्ने भावनामा केन्द्रित भएको नेपाली समाज मकाउले आउँदा दिनहरूमा पनि यसरी नै सहयोग गर्दै अगाडी बढ्ने कुरा व्यक्त गर्नु हुन्छ नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ। अनाथ तथा असाह्य बाल बालिकाको सहयोगार्थका लागि केही समय पहिले गरेको नेपाली कथानक चलचित्र “वनदेवता”को च्यारी सो को केही रकम अनाथ तथा असाहय बाल बालिकाको हितका लागि सहयोग गर्ने कुरा व्यक्त गरीएकै आधारमा पवित्र समाज नेपाल जस्तै अन्य दुई अनाथ तथा असाहय बालबालिकाको हितका लागि खोलिएको संस्थालाई पनि नेपाली समाज मकाउले सहयोग गर्ने छ।