भारतमा पनि मनाईयो नेपाली संबिधान दिवस ! - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

भारतमा पनि मनाईयो नेपाली संबिधान दिवस !



संविधान जारी भएको दिनमा मनाइने राष्ट्रिय दिवस एवं संविधान दिवस भारतको राजधानी दिल्लीमा पनि मनाइएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले होटेल लि मेरेडियनमा आयोजना गरेको कार्यक्रममा भारतका वरिष्ठ नेतागण एवं विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

भारतका संचारमन्त्री एवं रेलवे राज्यमन्त्री मनोज सिन्हा प्रमुख अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तव्य दिँदै कार्यवाहक नेपाली राजदूत भरत रेग्मीले तीन वर्षअघि जारी भएको नेपालको संविधानले नेपाली नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए । समारोहमा राज्यसभा सांसद एवं अर्थविद् सुब्रमन्यम स्वामी, भाजपाका प्रवक्ता सहानुवाज हुसेन, नेपालका लागि पूर्वराजदूत रञ्जित रे लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।

तेश्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधवार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो । त्यसै गरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने र असोज २, ३ र ४ गते दीपावली गरिएको थियो ।

समारोहमा दिल्लीस्थित नेपाल सम्बद्ध प्रवासी राजनीतिक सङ्गठन, सामाजिक सङ्गठन, वित्तीय संस्थाका प्रतिनिधि र पत्रकारहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली संस्कृति झल्कने बाजागाजाको पनि प्रदर्शनी गरिएको थियो ।