नेपाली समाज मकाउद्वारा मृगौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग । - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

नेपाली समाज मकाउद्वारा मृगौला पीडित श्रेष्ठलाई आर्थिक सहयोग ।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

“नेपाली समाज मकाउले” स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आई रहेको छ।असहाय,अनाथ तथा एचआईभी पीडित बालबालिकाहरू,वृद्ध वृद्धाहरू, साथै विभिन्न रोगबाट पीडित भएकाहरूलाई निरन्तर सहयोग गर्दै आइरहेको।यसै गरी नेपाली समाज मकाउका सचिव सहदेब अधिकारी(देव) र मकाउमा कार्यरत रहेका शङ्कर मान श्रेष्ठको विशेष पहलमा “नेपाली समाज मकाउले मृगौला पीडित श्रेष्ठलाई आर्थिक रकम सङ्कलन गरेको छ।

विगत केही वर्ष देखि वीर अस्पतालमा उपचार गराई राख्नु भएका साबिक नुवाकोट जिल्ला, तारुका ५ हाल ( तारकेश्वर गाउँ पालिका) निवासी वर्ष २९ को प्रदिप कुमार श्रेष्ठ मृगौला रोग ( ESRD END STAGE RENAL DISEASE) भई डायलसिस गराई रहनु भएको छ।अब उहाँसँग दुई वटा मात्र विकल्प डायलसिस वा मृगौला प्रत्यारोपण मात्र बाकी रहेको छ।पीडित श्रेष्ठको आर्थिक अवस्था कम्जोर भएको कारणले गर्दा पनि अझै मृगौला प्रत्यारोपण गर्न सकिएको छैन।यस्तो अवस्थामा पीडितलाई केही आर्थिक राहत मिलोस् भन्ने उदेश्यले रकम सङ्कलन गरिएको कुरा व्यक्त गर्नु हुन्छ नेपाली समाज मकाउका सचिव अधिकारी।

उहाँको सम्पूर्ण हेरचाह उहाँकै दिदी शान्ता श्रेष्ठले गरी रहनु भएको छ।मिति २०७४/१०/५ गते “नेपाली समाज मकाँउका सचिव सहदेब अधिकारीको दाजु नकुल बहादुर अधिकारी र चारमिगं कम्पनी मकाउमा कार्यरत शङ्कर मान श्रेष्ठको श्रीमती मसिना श्रेष्ठको हातबाट श्रेष्ठलाई नै भेटी नगद रु. ५३,९८५/-(त्रिपन्न हजार नौ सय पचासी) रुपैयाँ हस्तान्तरण गरिएको छ।