एक नेपालीको भागमा ५२ हजार ऋण पुग्यो - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

एक नेपालीको भागमा ५२ हजार ऋण पुग्यो



काठमाडौं । एक जना नेपालीको भागमा ५२ हजार रुपैयाँ ऋण पुगेको छ । पछिल्ला वर्षहरुमा सरकारले स्वदेशी र विदेशी ऋण उच्च दरले बढाएपछि प्रतिव्यक्ति सार्वजनिक ऋणको हिस्सा प्रतिव्यक्ति ५२ हजार ३६९ रुपैयाँ पुगेको हो ।

अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको मुलुकको आर्थिक सर्वेक्षण २०७८ को तथ्यांक अनुसार नेपालको तिर्न बाँकी खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन ९जीडीपी०को ३७।३ प्रतिशत हो ।

केन्द्रिय तथ्यांक विभागको अनुमान अनुसार शुक्रबारसम्म नेपालको जनसंख्या ३ करोड ३ लाख ५१ हजार छ । यस हिसाबले हरेरक नेपालीले राष्ट्रिय ऋणलाई बराबर भाग लगाउने हो भने एक जनाको थाप्लोमा ५२ हजार ३६९ रुपैयाँ पर्छ ।

सरकारले लिने सार्वजनिक ऋणलाई मूलतः अर्थतन्त्रको आकारसँग दाँजेर हेर्ने गरिन्छ । यसबाट सरकारले कति ऋण लिएको छ र त्यो ऋणको उपयोगिता कत्तिको प्रभावकारी छ भन्ने जाँच्न सघाउ पुग्छ । धेरै ऋण लिएर देशको विकास निर्माणमा चाहीँ कम खर्च भयो भने सरकारको प्रभावकारीता र कार्यकुशलता कमजोर भएको बुझ्न सकिन्छ ।

सरकारी ऋण अत्यधिक धेरै भएमा मुलुकले ऋण तिर्नसक्ने क्षमता गुमाउँदै जाने र अन्ततः राष्ट्र टाट पल्टिने जोखिम हुन्छ । पछिल्ला वर्षमा ग्रीस, भेनेजुयलाजस्ता मुलुकले यस्तो जोखिम भोगिरहेका छन् ।