अब नेपाली निमार्ण व्यवसायीले पनि १५ अर्बका ठेक्का लिन पाउने
काठमाडौं । सरकारले तीन अर्बसम्मका ठेक्का नेपाली निमार्ण व्यवसायीले नै लिन पाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक अर्बको दायरा बढाएर तीन अर्ब पुर्याएको हो ।
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अब एक निर्माण व्यवसायीले ३ अर्ब बराबारका ५ वटासम्म ठेक्का लिन पाउने छन् । यसअघि एक अर्ब भन्दा बढीको ठेक्का लिँदा विदेशी कम्पनीहरूसँग मिलेर नेपाली निर्माण व्यवसायीहरूले काम गर्थे । अब यो ३ अर्बसम्मका लागि विदेशी कम्पनीहरूसँग मिल्नु पर्दैन ।
३ अर्ब बराबारका ५ वटासम्म ठेक्का लिन पाउने भएपछि निर्माण ब्यबसायीहरूले १५ अर्ब बराबरका ठेक्का एकैसाथ काम गर्न पाउने भएका छन् ।
त्यस्तै सरकारले निर्माण व्यवसायीहरूको ठेक्काको पेश्की रकम घटाएर १० प्रतिशतमा झारेको छ । अहिले यो रकम २० प्रतिशत थियो ।