९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा



काठमाडौं । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको नागरिक दैनिकमा खबर छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रनलयले जेठ २ गतेपछि बन्द गरेको मलेसियाको रोजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कामदारलाई हित हुने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कलोसूचीमा पर्ने खतरा बढेको हो ।

कामदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्रान्स खारेज गरेपछि जेठ २ गतेयता कोही पनि नेपाली मलेसिया जान पाएका छैनन् ।

सरकारले उक्त निर्णय अघि नै स्वास्थ्य परीक्षण लगायत प्रक्रिया पुरा गरिसकेका ९ हजार २ सय ३७ कामदारको रोजगारदाताले कलिङ भिसा पठाइसकेको बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए ।