४० नेपाली महिला भारतका विभिन्न स्थानबाट उद्धार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

४० नेपाली महिला भारतका विभिन्न स्थानबाट उद्धार



काठमाडौँ। गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ ।

दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उहाँहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा हुनुहुन्थ्यो । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’को सहयोगमा उहाँहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गरी नेपाल फर्काइएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

चालीस महिलामध्ये १३ लाई आज र २७ लाई तीन दिनअघि नेपाल फर्काइएको उहाँले बताउनुभयो । अध्यक्ष पाण्डेको सहयोगमा सबै महिलालाई विमानबाट नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय अनुसन्धन ब्यूरो ९सिआइबी० लाई हस्तान्तरण गरिएको थियो ।

सिआइबीले घट्नाबारेमा थप अनुसन्धान गरिरहेको र आफन्त नआएसम्मका लागि उद्धार गरिएका महिलालाई नख्खुस्थित ‘फर द वान’ संस्थाको जिम्मामा पठाएको सिआइबीका डिएसपी राजकुमार सिलवालले बताउनुभयो । हाल उद्धार गरिएका महिला उक्त संस्थाको सुरक्षित आवासमा रहनुभएको संस्थाका कार्यक्रम संयोजक मीना विकले जानकारी दिनुभयो । –रासस