नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा । - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेपाली खेलाडी धमलाले हङकङमा फहराए नेपाली झण्डा ।



कर्ण अधिकारी,मकाउ चीन।

चीनको स्वशासित क्षेत्र हङकङमा सम्पन्न भएको मुई थाई च्याम्पियनसिपमा नेपाली खेलाडी शङ्कर धमलाले गोल्ड मेडल( स्वर्ण पदक ) जितेका छन्।

६७ के जी समूहमा प्रतिद्वन्द्वी हंगकंगका लिन का किटलाई ३ नै सेटमा प्रारस्त गरी स्वर्ण पदक जित्न सफल भएका हुन्।धमला वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत छन्।स्थायी घर धादिङ भएका धमला प्रवासमा रहेर पनि खेललाई आत्मसात् गर्दै कडा मेहनत र परिश्रम गरी आजको यो स्वर्णिम दिनमा विजय हासिल गर्दा आफूलाई एकदमै गौरवबान्बित ठानेको छन्।

नेपाली झन्डा फहराउँदै मेडल लगाउँदा आफूलाई अझै साहस बढेको कुरा व्यक्त गर्दछन्।आफूले मेडल जित्दा आफू कार्यरत रहेको कम्पनीका भाईस प्रेसिडेन्ट,डाइरेक्टर,म्यानेजर,सहकर्मी सुपरभाईजहरू,सेक्युरिटी अफिसरहरू देखि लिएर स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण शुभ चिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्मरण गरेका छन्।