नेपाली जनसम्पर्क समिति मकाउले दशै शुभकामना आदान प्रदान कार्यक्रम गर्ने। - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

नेपाली जनसम्पर्क समिति मकाउले दशै शुभकामना आदान प्रदान कार्यक्रम गर्ने।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपाली जनसम्पर्क समिति मकाउले यहि आउँदो सेप्टेम्बर २७ तारीकका दिन हिन्दुहरूका माहान चाड बिजया दशमीको पावन अबसरमा शुभकामना आदान प्रदान तथा चियापान समारोह गर्न गई रहेको हुँदा उक्त चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा कार्य समितिका सम्पूर्ण पदाधिकारीहरू र मकाउमा कार्यरत रहनु भएका राष्ट्रियता,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीलाई उपस्थिति जनाई दिनु हुन हार्दिक अनुरोध गरेको छ।

नेपाली जनसम्पर्क समिति मकाउले प्रत्येक बर्ष शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आई रहेको छ।यसरी जमघट हुनाले नेपाली नेपाली बीच भावनात्मक संबन्ध प्रगाढ हुने छ।
तपशील
मिति:-२०१७/९/२७ तारीक
समय:-अपरान्ह ५:०० बजे।
स्थान:-बिजी करी रेष्टुरेन्ट।
नेपाली जनसम्पर्क समिति मकाउ परीवार।