नेपाली देशभक्त युवा समाजद्वारा दुवै मृगौला फेल भएका खनाललाई आर्थिक सहयोग - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

नेपाली देशभक्त युवा समाजद्वारा दुवै मृगौला फेल भएका खनाललाई आर्थिक सहयोग



नयाँ दिल्ली 

सामाजिक कार्यमा निरन्तर सक्रिय गैर राजनैतिक  सङ्गठन नेपाली देशभक्त युवा समाजले दुवै मृगौला फेल भएका दाङ  घोराइ उप महानगरपालिकाका २२  वर्षीय अरुण खनाललाई आर्थिक सहयोग गरेको छ ।

पछिल्लो केही समयदेखि दुवै मृगौलाले काम गर्न छाडेपछि सामाजिक सञ्जालबाट आर्थिक सहयोगका लागि अपिल गर्नु भएपछि नेपाली देशभक्त युवा समाजले सहयोगका लागि भन्दै अभियाननै चलाएको छ । प्रवासमा रहेका विभिन्न सङ्गठन र आम प्रवासी नेपालीद्वारा सहयोग गरिएको १ लाख १ हजार १  सय रुपैयाँ अहिले अरुण खनाललाई हस्तान्तरण गरेको नेपाली देशभक्त युवा समाजका क्षेत्रीय सदस्य एवं समाजसेवी बाबुराम बन्जाडेले  बताएका छन्  ।

बन्जाडेले नेपाली देशभक्त युवा समाजको यस अभियानमा विशेष रूपमा सहयोग गर्नुहुने समाजका क्षेत्रीय सदस्य बिरेन्द्र धानुक, नामबहादुर राना, कृष्ण बन्जाडे, प्रकाश बन्जाडेलाई धन्यवाद  ज्ञापन गरेका थिए  । उनले संगठनहरुमा सुपा देवी टुर एन्ड ट्रावल्स, त्यसै गरी सुपा देउराली टुर एन्ड ट्राबल्सले पनि ठुलो सहयोग  गरेको  बताउँदै पीडित खनालका लागि आर्थिक सङ्कलन गर्ने काम अझै जारी रहेको बताए  ।

माइतीघर मण्डलामा नेपालकै सबै भन्दा ठुलो राष्ट्रिय झन्डा फहराएर चर्चामा आएको नेपाली देश भक्त युवा समाजले भारत लगायत विभिन्न देशमा सामाजिक कामलाई जारी राखेको छ । यसअघि उक्त समाजले क्यान्सर पीडित कञ्चनपुर जिल्ला नेकपा एमालेका युवा अध्यक्ष जनक शाहीलाई पनि आर्थिक सहयोग स्वरूप ७६  हजार सहयोग र आवश्यक रगत उपलब्ध गराएको थियो ।

नेपाली देश्भक्त युवा समाजको छेत्रीय सद्स्यको सक्रियतामा उठेको रकम   एकलाख एक हजार एक सय नेपाली  रकम  काठमाडौँ  उत्पत्याका समन्वय  समिति कि अध्यक्ष  राधिका सापकोटा लगायत केन्दिय सदस्य भीम लामा , झपर धामी ,कताब राज रेग्मी, शिखर घिमिरे  लगायकाको देश भक्त साथीहरूले उक्त रकम पीडित अरुण खनाललाई बुझाएका छन् ।