विदेशी क्रिकेटरलाई उछिन्दै ४ नेपाली खेलाडी आईसीसीको वरीयतामा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विदेशी क्रिकेटरलाई उछिन्दै ४ नेपाली खेलाडी आईसीसीको वरीयतामा



नेपाल राष्ट्रिय टिमका चार जना खेलाडी अन्तरराष्ट्रिय क्रिकेट परिषद आईसीसीको वरीयतामा परेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष एक सय भित्र परेका हुन् ।

ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष एक सय खेलाडीभित्र परेका छन् ।

पारस खड्का वेष्ट इण्डिजका कायरन पोलार्ड, अष्ट्रेलियामा जर्ज बेली, वेष्ट इण्डिजकै ड्यारेन सामीजस्ता स्टार खेलडीहरुलाई पछि पार्दै ब्याटिङमा ९० औं स्थानमा छन् ।

त्यस्तै जिम्बाब्वेका सिकन्दर राजा र  वेष्ट इण्डिजका ड्यारेन सामीलाई पछि पार्दै शरद भेषवाकर ९८ औं स्थानमा छन् ।

यस्तै बलिङमा बसन्त रेग्मीले भाररतका जयदेव उनादकट र आशिष नेहरा तथा श्रीलंकाका एञ्जेलो म्याथ्युज जस्ता माहिर बलरहरुलाई पछाडि छोड्दै ७१ आंै स्थान कब्जा गरेका छन् ।

त्यसैगरी, अष्ट्रेलियाका केन रिचर्डसन, भारतका शार्दुल ठाकुर र पाकिस्तानका शोहेब मलिकलाई पछाडि पार्दै सोमपाल कामीले ९२ औ स्थानमा आफूलाई उभ्याउन सफल भएका छन् ।

ट्वेन्टी ट्वेन्टी क्रिकेटको ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च शीर्ष स्थानमा छन भने बलिङतर्फ अफगानिस्तानका रशिद खान छन् ।

यो आईसीसीले अगस्ट ५ मा निकालेको ताजा वरीयताक्रम हो ।

नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय श्रृंखला खेलेपछि नेपाली ब्याट्सम्यान र बलर पनि आर्इसीसीको वरीयतामा परेका हुन् ।