खड्काको संयोजकत्वमा कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

खड्काको संयोजकत्वमा कांग्रेसको विधान संशोधन मस्यौदा समिति गठन



काठमाडौं, नेपाली कांग्रेसले संघीय संरचना अनुरुप पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

केन्द्रीय समितिको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले विधान संशोधन समिति गठन गरेका हुन । समितिमा केन्द्रीय सदस्यहरु डा मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य रहेका छन् ।

समितिले संघीय संरचना अनुरुप पार्टी संगठन बनाउन संगठनात्मक पुनर्संरचनासहित विधान संशोधनको मस्यौदा तयार पार्ने बताइएको छ । समितिले आफ्नो कार्यविधि आफै तयार गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।