नेपाली नागरिकताको मूल्य ६० हजार ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेपाली नागरिकताको मूल्य ६० हजार !



एउटा नेपाली नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ।

वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारीसामु थरिथरीका प्रमाण पु¥याउनु पर्ने कानुनी प्रावधान छ।

तर, सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले सहजै पाउँछन्। चाहे त्यो विदेशी नै किन नहोस्। यो खबर आजको नागरिक दैनिकमा सप्तरीबाट जितेन्द्रकुमार झाले लेखेका छन्।

गिरोहले नागरिकताको मूल्य न्यूनतम ६० हजारदेखि दुई लाख रुपैयाँसम्म निर्धारण गरेका छन्। नागरिकता लिन इच्छुक व्यक्तिको कामको प्रकृति र आर्थिक हैसियतका आधारमा नागरिकताको मूल्य निर्धारण गरिएको छ।

केही दिनअघि इटहरीबाट पक्राउ परेका भारतीय नागरिक रवि रौनियारले राजविराजस्थित एक चियापसलबाट ६० हजार रुपैयाँमा नागरिकता लिएको बयान दिएका छन्।