नेपाल विश्वकप खेल्न नपाउने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

नेपाल विश्वकप खेल्न नपाउने



काठमाडौं। ओमान विरुद्ध युएईले १० विकेटको सहज जित दर्ता गरेसँगै नेपाली युवा टोलीको विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

आईसिसी एशिया यु–१९ विश्व कप छनौट अन्तर्गत आज भएको खेलमा युएईले पहिले बलिङ गर्दै ओमानलाई १०५ रनमा अलआउट पारेको थियो ।

जवाफी ब्याटिङ गरेको युएईले ओमानको लक्ष्यलाई बिना कुनै विकेटको क्षतिमा १२.१ ओभरमा लक्ष्य भेट्याइ सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने युवा विश्वकपको लागि स्थान बनाउन सफल भयो ।

पाँच खेलमा शत प्रतिशत जित निकालेको युएईले पहिलो पटक युवा विश्वकपमा स्थान बनाएको हो ।

यसअघि नेपाल विरुद्धको खेललाई वर्षाले विथोेलेपछि १ रनको झिनो अन्तरले खेल जितेको युएईले प्रतियोगितामा बलियो प्रदर्शन गर्नुको साथै भाग्यमानी पनि रह्यो ।विश्वकपको सम्भावित एक स्थानको लागि भएको भिडन्तमा वर्षाको कारण पुरा खेल हुन नसकेपछि नेपालले अन्तिम खेल जितेपनि कुल ८ अंकका साथ दोश्रो स्थानमा चित्त बुझाउनु पर्ने भएको छ ।

युएईको राष्ट्रिय टोलीबाट खेलिसकेका आर्यान लार्का, अंश टण्डन, वृत्या अरविन्द, आलिशान शराफु, पलानियप्पन मियाप्पन जस्ता खेलाडीहरुको वाहुल्य रहेको युएईले नेपाललाई पुनः युवा विश्वकपमा पुग्ने अवसरबाट बञ्चित गर्न सफल रह्यो ।

आज भइरहेको अर्को खेलमा नेपालले कुवेत विरुद्ध खेलिरहेको छ । कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएकोमा अहिलेसम्म नेपालले ७ ओभरमा विना कुनै क्षतिमा २७ रन बनाएको छ ।