दिपेन्द्रको उत्कृष्ट खेल: ओमानविरुद्ध नेपालको रोमाञ्चक जित - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

दिपेन्द्रको उत्कृष्ट खेल: ओमानविरुद्ध नेपालको रोमाञ्चक जित



काठमाडौं । दिपेन्द्र ऐरीको उत्कृष्ट इनिङको मद्दतमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

चार देशीय टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको हो। नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो।

नेपालको उत्कृष्ट बलिङका कारण घरेलु टिम ओमान पहिलो इनिङमा ६ विकेट गुमाउँदै १ सय ३५ रनमा समेटिएको थियो।

नेपाललाई जिताउन दिपेन्द्र सिंह ऐरीले सर्वाधिक रन बनाए। उनले ५३ बलमा ७३ रनको योगदान दिए। त्यस्तै आशिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, आरिफ शेखले २५ तथा प्रदीप ऐरीले ४ रन बनाए।