२०७५ चैत्र ७, बिहिबार

नेपालले भुटानलाई ३-० ले हरायो

March 12, 2019
17 Views
Spread the love
  • 76
    Shares

माेरङ – साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ३–० को जित निकालेको हो । पहिलो हाफकाे १६ मिनेटमै नेपालले २ गोल गरेको थियो ।

खेलको पहिलो मिनेटमा गोलको अवसर पाएको नेपालका लागि सावित्रा भण्डारी चुक्न पुगिन् । त्यसपछि १३ औंँ मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि मञ्जली कुमारी योञ्जनले डिबक्स भित्रबाट गोल गर्न सफल भइन् । त्यसको तीन मिनेटपछि नेपालले अग्रता दोब्बर बनाउन सफल भएको थियो । यसपटक नेपालका लागि सावित्रा भण्डारीले गोल गरिन् । उनले एकल प्रयासमा गोल गरेकी थिइन् । सावित्राको यो २३ औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यसपछि ३४ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्समा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । पहिलो हाफको इन्जुरी समयमा अनिता बस्नेतले डिबक्समा पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न नसक्दा नेपालले तेस्रो गोल गर्ने उत्कृष्ट मौका खेर फाल्यो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल मात्र थपेको थियो । नेपालले ५४ औं मिनेटमा नेपालले तेस्रो गोल गरेको थियो । अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडबाट आएको बललाई निरु थापाले गोल गरिन् ।

त्यसपछि पनि लगातार नेपालले मुभ बनाए पनि गोल थप्न भने सकेन । भुटानले केही अवसर पाए पनि नेपाली खेलाडीले सहजै बल क्लियर गरेका थिए ।

मंगलबारबाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ । बुधबारकाे खेलमा मालदिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments
  • 76
    Shares

You may be interested

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?
समाचार
0 shares37 views
समाचार
0 shares37 views

रवि लामिछाने समस्यामा : कस्तो कारवाही हुनसक्छ उनलाई ?

himal post - २०७५, ७ चैत्र २२:५०

काठमाडौं – चर्चा र विवादितमा रहने टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गर्ने तयारी भएसँगै उनलाई अर्को आपत…

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही
राजनीति
0 shares6 views
राजनीति
0 shares6 views

प्रधानमन्त्री सवार जहाज काण्ड: क्यानलाई विभागीय कारबाही

himal post - २०७५, ७ चैत्र २२:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय…

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?
अन्तराष्ट्रिय
0 shares12 views
अन्तराष्ट्रिय
0 shares12 views

भाजपाका उम्मेद्वारको सूची सार्वजनिक, को कहाँबाट लड्दैछन् ?

himal post - २०७५, ७ चैत्र २१:५८

नयाँ दिल्ली । भारतीय जनता पार्टीले लोकसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको पहिलो सूची जारी गरेको छ । बिहीबार अबेरराति भारतीय…