ओलीविरुद्ध अदालत जाने नेपाल समुहको तयारी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओलीविरुद्ध अदालत जाने नेपाल समुहको तयारी



काठमाडौं– नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध माधवकुमार नेपाल र झलनाथ खनाल समूहले न्याय माग्न सर्वोच्च अदालतमा जाने भएको छ ।

सर्वोच्च अदालतले फागुन २३ मा नेकपा खारेज गर्दै एमालेलाई ०७५ जेठ २ कै अवस्थामा फर्काएको थियो । तर ओलीले अदालतको फैसलाविरोधी गतिबिधि गरेको बताउँदै अदालत जान लागेको हो ।

नेपाल–खनाल समूहले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाबिरोधि गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष ओलीविरुद्ध अदालत जाने तयारी गरेको बुझिएको छ ।

अहिले अदालत जानेबारे कानुनी व्यवसायीसित छलफल भइरहेको बताइएको छ । अध्यक्ष ओलीले मंगलबार कारबाही गर्नेगरी नेताहरूलाई स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्ष आक्रोशित बन्दै कानुनी उपचार खोज्न लागेको हो ।